नवलपरासीमा लागुऔषध सहित एक yपक्राउ
News Desk
Jan-24 , 2024 तारिख 03:19 बिहान

-सहबान अन्सारी

नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन।
मंलवार रामग्राम नगरपालिका वडा नं। १८ धरमपुर स्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ  आउदै गरेक लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई  चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक रामग्राम नगरपालिका वडा नं। १५ डिगोल वस्ने अन्दाजी  २४ बर्षिय नुर मोहम्मद धुनियाले पछाडी बोकेको झोलाबाट डाईजेपाम  १ सय एम्पुल, फेनार्गन  १ सय एम्पुल, नोर्फिन  १ सय एम्पुल र नाईट्रोभेट  २० पत्ता (६ सय ट्याब्लेट)  प्रहरी चौकी बैरागनाथ बाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिएको हो।

धुनियालाई मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

धेरै पढिएको