महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र आमजन्ताको समस्यालाइ नया ढङ्गबाट सम्बोधनकालागि संवाद यात्राकाे अभियान संचालन
News Desk
Jan-29 , 2024 तारिख 07:24 बेलुका

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र आमजन्ताको समस्यालाइ नया ढङ्गबाट सम्बोधनकालागि नेपाली काँग्रेसले संवाद यात्राकाे अभियान संचालन गरेकाे बताउनु भएको छ । समुदायमा नेपाली काँग्रेस अभियान मेचि काली यात्राका क्रममा सुनसरीको बर्जु गाउँपालिकामा आइपुग्नु भएको हो । स्थानियको सुझाव तथा गुनासो सुनेपछी महामन्त्री थापाले स्थानीयस्तरका गुनासा सुन्नकालागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताउनु भयो ।

यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियानभएको स्पष्ट पार्दै महामन्त्री थापाले आफूहरू स्थानिय तहका व्यक्तिकाे प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्याबुझ्ने यात्राको उद्देश्य रहेको बताउनु भयो । संवाद यात्रामा उपस्थित भएका सर्वसाधारणले किसानको समस्या,युवा पलायनका विषयमा कुरो उठाएका थिए भने पार्टिको भित्रकाे गुटका वारेमा विरोध समेत गरेका थिए ।

महामन्त्री थापाले सुनसरीको बर्जु,हरिनगर र कोशी गाउँपालिको कार्यक्रमा सहभागी हुनु भएको थियो । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्ने छ ।

धेरै पढिएको