सेफ्स एशोसिएसनकाे अध्यक्षमा रेशमकुमार लामा
News Desk
Jan-31 , 2024 तारिख 12:53 बिहान

सेफ्स एशोसिएसनकाे अध्यक्षमा : रेशमकुमार लामा

आशिष् शर्मा /काठमाडौँ,१६ माघ । सेफ्स एशोसिएसन अफ नेपालको अध्यक्षमा रेशमकुमार लामा तामाङ निर्वाचित भएका छन । एशोसिएसनको २८ औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट लामाकाे नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा बद्री खड्का, महासचिवमा पदमबहादुर आलेमगर, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा सुनिल तामाङ निर्वाचित भएका छन । त्यस्तै, कार्यसमितिको सदस्यहरुमा लक्ष्मण तामाङ, श्रीराज केसी, सुन्दर श्रेष्ठ, राजकुमार लामा, रामचन्द्र धरेल, सूर्यप्रसाद बस्याल, इन्द्रबहादुर अर्याल, उमेश भुवाई र रमेश श्रेष्ठ निर्वाचित भएका हुन ।

नेपाल तथा विदेशका तारे होटल तथा रेष्टुराँमा कार्यरत नेपाली सेफ्सहरूको हक, हित र अधिकारको रक्षाका लागि वि.सं २०५३ मा स्थापना भएको एशोसिएसनमा हाल एक हजार पाँच सयभन्दा बढी सदस्य आवद्ध छन् । अध्यक्ष लामालाई सम्मान सेफ एशाेसिएसनकाे अध्यक्षमा रेशम कुमार लामा तामाङ विजयी भएपछि पाेखराका एक व्यवसायिले सम्मान गरेकाछन् । करिव १८ बर्ष पहिला नेपालकै सुन्दर नगरी पोखरामा पहिलो पटक आफ्नो उज्जवल भविष्य बनाउनको लागि पाइला टेकाउन सफल भएकाे भन्दै आर के हस्पिटालिटीका सन्चालकले अध्यक्ष लामालाई एक समाराेहका विच सम्मान गरेका हुन । सम्मानमा आर. के. हस्पिटालिटी कुलिनरी आर्टस् परिवार पोखराकाे तर्फबाट हार्दिक बधाई तथा आगामी दिनहरूमा पनि समग्र सेफ जगतकाे हितको निम्ति र सेफ्स एसोसिएशन अफ नेपाललाई अझ उच्च स्थानसम्म पुयाउनको निम्ति अध्यक्ष लामाकाे योगदानको अपेक्षा सहित सफल कार्यकालको लागि शुभकामना सहित सम्मान–पत्र प्रदान गरिएको छ ।

धेरै पढिएको