गान्छेम्पो शिखरमा पहिलो पाईला राख्ने आरोहण दलका सदस्यसहित संस्था सम्मानित
News Desk
Feb-01 , 2024 तारिख 03:18 बेलुका

Lकाठमाडौं । इतिहासमै पहिलो पल्ट गान्छेम्पो शिखरमा पुग्ने आयोजक संस्था न्यु भिजन नेपालसहित आरोहण दलका सदस्यहरु सम्मानित भएका छन् । उनीहरुलाई सिन्धुपाल्चोक पाचपोखरी थाङ्गपाल गाउँपालिकाले सम्मान गरेको हो । सम्मनित हुनेमा सानू सेर्पा, रबिन्द्र अर्याल अशोक शर्मा भट्ट, रामकाजी तिवारी र लाल बहादुर बाईबा रहेका छन् ।  

पाचपोखरी थाङ्गपाल गाउँपालिका ३ मा पर्ने गान्छेम्पो पुग्ने आरोहण दल सदस्य सबैलाई गाउँपालिकाले सम्मान गरेको छ । मंगलबार गाउँपालिकाको प्रशासनिक भवन उदघाटन कार्यक्रम माझ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहीहरुलाई सम्मान गरेका हुन । न्यु भिजन नेपालले पर्यटन प्रबर्धनसँगै सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा काम गर्दै आएको छ ।

धेरै पढिएको