नवलपरासीमा बस दुर्घटना, १७ जना घाईते
News Desk
Feb-02 , 2024 तारिख 02:30 बेलुका

सहबान अन्सारी

नवलपरासीमा टिप्पर र बस अक आपसमा ठोक्किदा १७ जना घाईते भएका छन ।

बिहिवार राती सुनवल नगरपालिका वडा नं. ४ गैरेपेट्रोल पम्प नजिकै अल्कत्रेडाडा स्थित काठमाण्डौबाट बाजुरा तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ख ३४८० नम्बरको को बसलाई बिपरित दिशा बुटवलबाट सुनवल तर्फबाट आउदै गरेको लु २ ख १६९६ नम्बरको को टिप्पर एकआपसमा ठक्कर खाँदा बस चालक सहित १७ जना घाईते भएका हुन।

घाईतेहरु मध्ये गम्भिर अवस्थामा १ जना, मध्यम अवस्थामा ७ जना र सामान्य अवस्था ९ जनाको रहेको प्रहरीले जनाएको छ।

बस यात्रुहरुलाई बस समितिसंग समन्वय गरी अर्को बसमा राखी गन्तब्य तर्फ पठाईएको साथै दुर्घटना परेका दुबै सवारी साधन प्रहरी नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

धेरै पढिएको