लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२४’ को तेस्रो संस्करण सम्पन्न, खनाल र बोम्जन बने विजेता
भक्तपुर । भक्तपुर निस्ट स्कूलले इनोभेसन इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा हालै लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२४’ को तेस्रो संस्करण आयोजना गरेको छ । हालै सम्पन्न उक्त प्रतियोगिता अन्तर्गत समूह ए मा भक्तपुर निष्ट स्कुलका स्वर्णिम खनाल विजयी हुँदा समूह ‘बी’ मा रहेकी बल्येर किड्स क्यासलकी अड्रिना बोम्जोन विजयी भईन ।
प्रतियोगिता अन्तर्गत समुह ए बाट विद्यासागर इङ्लिस सेकेण्डरी स्कुलकी भुमिका मैनालीले फस्ट रनरअप, भक्तपुर निष्ट स्कुलकी इदिका पौडेलले सेकेन्ड रनरअप र युनिक एकेडेमी स्कुलकी मंगसामा लिम्बु एवम ईशा मेमोरेबल स्कुलकी मन्सा थापा क्रमशः थर्ड रनरअप हुँदा समुह बि बाट भक्तपुर निष्ट स्कुलकी आरुषा ठकुल्ला फस्ट रनरअप, भक्तपुर निष्ट स्कुलका विनम्र कार्की सेकेन्ड रनरअप, बल्येर किड्स क्यासलकी युवक्षी श्रेष्ठ र भक्तपुर निस्ट स्कुलका आयन मानन्धर तेस्रो र चौथो रनरअप भए ।
त्यस्तै लिटिल स्टार काभ्रे २०२४ को स्पर्धामा बल्येर किड्स क्यासलकी सरगम परियार र विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयका आदर्श पोखरेल विजयी रहे ।
कार्यक्रमका सहभागीले असाधारण प्रतिभा र क्षमताहरू प्रदर्शन गरेको इभेन्ट आयोजक संस्थाका महेश केसीले जानकारी दिए ।
कार्यक्रमका आयोजकले बालबालिकालाई आफ्नो सीप प्रदर्शन गर्ने ब ब्य्मञ्च उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै उनीहरूको प्रतिभालाई निरन्तरता दिन प्रोत्साहित गरेको सहभागीले बताए । भक्तपुर निस्ट स्कूल र इनोभेसन इभेन्ट म्यानेजमेन्टले प्रदान गरेको अवसरको सहभागीहरूसँगै अभिभावक र शिक्षकहरूले प्रशंसा गरेको इभेन्ट आयोजक कम्पनीका प्रमुख महेश केसीले बताए ।
कार्यक्रममा जयन सुब्बा मानन्धर, रुष्का श्रेष्ठ, धृज तण्डुकार, मनिषा डंगोल श्रेष्ठ, ज्वालाराज पोखरेल, रोनिश खड्गी र प्रभात क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।