नवलपरासी पूर्वको लोकाहामा गैंडाको आक्रमणबाट एक महिला घाइते
News Desk
Feb-07 , 2024 तारिख 04:49 बेलुका

नवलपरासी पूर्वको लोकाहामा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका वडा नम्बर १० लोकाहा खोला किनारमा बाख्रा चराउन गएकी स्थानीय ६० वर्षकी ठगिसरा सुनारी मगर गैंडाको आक्रमणबाट घाइते भएकी हुन् । उनको ढाड र खुट्टामा चोट लागेको छ । घाइते ठगिसराको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको