नेपाली कांग्रेसको आगामी फागुन ३ गते केन्द्रीय कार्यसमितिको बैठक
News Desk
Feb-12 , 2024 तारिख 05:06 बेलुका

नेपाली कांग्रेसले आगामी फागुन ३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ ।

हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको सो पार्टीले जनाएको छ । महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार भन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् ।

धेरै पढिएको