नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ
News Desk
Feb-16 , 2024 तारिख 12:45 बिहान

-सहबान अन्सारी

नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन। पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुरा स्थित प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेको रामग्राम नगरपालिका वडा नं. १ सौवाटिकर बस्ने २२ बर्षिय दिनानाथ राजभर र रामग्राम नगरपालिका वडा नं. १२ पचगवा बस्ने २० बर्षिय मनिष ठाकुरलाई शंका लागि चेकजाँच गर्दा ठाकुरले लगाएको हुडको खल्ती भित्र कालो प्लाष्टिकमा बेरी राखेको लागुऔषध नाईट्राभेट १५० (एक सय पचास) ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ।

 लागुऔषध सहित दुबैलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याई लागू औषध सम्वन्धी कसुर मुद्धामा ५ दिन म्याद थप भइ अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

धेरै पढिएको