सितापाइला घटनामा थप एक जनाको शव फेला
News Desk
Feb-21 , 2024 तारिख 07:12 बेलुका

राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र एक छोरी र अर्की बालिकासमेत कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । 

उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन । उनी ईश्वरीको श्रीमान भएको खुलेको छ । 

उनले श्रीमती  ईश्वरी श्रेष्ठ दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद छ ।

धेरै पढिएको