एन प्लस प्रोफेशनल “द मोडल एम्पायर भोल्युम १ " को उपाधी सुजन वाइबा तामाङ र स्मारिका तामाङ ले जिते
काठमाडौं | एभरेष्ट इभेन्ट्सद्वारा आयोजित पहिलो संस्करणको एन प्लस प्रोफेशनल “द मोडल एम्पायर" को उपाधी सुजन वाइबा तामाङ र स्मारिका तामाङले जितेक छन् । मिस्टर र मिसगरि दुई भिन्न शिर्षकमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ सुजन र महिलातर्फ स्मारिका विजेता बनेका हुन । जसमा फस्ट रनरअपतर्फ संघिय थापा र याङ्किता घिसिङले बाजीमार्दा सेकेन्ड रनरअपतर्फ रिगेन खड्का र सम्प्रदा रेग्मी जितेका छन् ।
प्रतियोगिता अन्तर्गत देवांश विक्रम थापा र सेविका श्रेष्ठलाई आयोजक च्वाइसको उपाधि प्रदान गरिएको थियो । मनिष बोगटी र मिस मेलिना राईलाई ब्रान्ड एम्बेसडर र अनुषा चौधरीलाई ब्यूटी विथ ब्रेनको ताज पहिराइयो ।
विजेताहरूले २५ हजार नगद पुरस्कार र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे। उनीहरुलाई एभरेष्ट फिल्म एकेडेमीले १ लाख रुपैयाँको छात्रवृत्ति समेत प्रदान गरेको छ । शीर्ष छ जना प्रतियोगीहरूले एन प्लस प्रोफेशनलबाट उपहार ह्याम्परहरू प्राप्त गरे, जबकि शीर्ष तीनलाई करुणाको ब्यूटी पार्लर र प्रशिक्षण केन्द्रमा आधारभूत मेकअप कोर्सहरू प्रदान गरियो।
साथै, विजेताहरुलाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति र विज्ञापन, म्युजिक भिडियो, सर्ट फिल्म र प्रोडक्ट सुटिङमा देखाउने अवसर प्रदान गरिने आयोजक संस्था एभरेष्ट इभेण्टसका प्रमुख तथा इभेन्ट निर्देशक कृष्ण श्रेष्ठ (रोविन) ले बताएका छन् । करुणा पुरीले व्यवस्थापकको भूमिका निर्वाह गरेको उक्त प्रतियोगितामा सुगन्धा अधिकारी र अर्शु महर्जन कोरियोग्राफरको भूमिकामा थिए ।