छोरी जन्मेपछि आमा स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर अस्पतालबाटै फरार
News Desk
Feb-25 तारिख 10:41 बेलुका

पर्सामा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन। सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ। 

अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पारिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। गलत ठेगाना टिपाएर गएका कारण खोजी गर्न कठिनाइ भएको डिएसपी थापाले बताए।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ।

धेरै पढिएको