वीरगञ्जबाट ७० लाख रूपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा
News Desk
Feb-26 , 2024 तारिख 09:33 बेलुका

 सशस्त्र प्रहरीले वीरगञ्जबाट ७० लाख रूपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोडगरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले शनिबार राति नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

ट्रक र कपडा कारबाहीका लागि बारास्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको पनि उनले बताए।

 

धेरै पढिएको