ट्रिपल जेम एजूकेशनलफ़ाउण्डेशन त्रिररत्न विद्यालय संस्थापक प्रिंसिपल भिक्षु राजु लामा कोन्दन जर्ज वासिग्टन युनिभर्सिटी अफ पीस यूएसएबाट सम्मानितँ
News Desk
Feb-27 , 2024 तारिख 05:41 बेलुका

फागुन - १४, नेपाल काठमाडौंमा बस्ने भिक्षु डा.राजु लामा पि कोन्दनले जर्ज वासिग्टन युनिभर्सिटी अफ पीस यूएसए" बाट मानार्थ डक्टरेट डिग्री प्राप्त गरि सम्मानित भएका छन् । 

२४ फेब्रुअरी २०२४ मा भारतको बैंगलोरमा आयोजित दीक्षान्त समारोहमा ५ प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। अन्तर्राष्ट्रिय संस्कृति तथा कूटनीतिक सम्बन्ध आयोगले आयोजना गरेको शास्त्रीय नृत्यमा जर्ज वाशिङटन युनिभर्सिटी अफ पिस युएसएका सिनेमा निर्देशक वीएन आदित्य, कृषा युदुला, अनिल रचमल्ला साइबर सुरक्षा सल्लाहकार, स्वर्ण लतालाई निम्न उच्च व्यक्तित्वले मानार्थ विद्यावारिधि उपाधिले सम्मान गरेको थियो ।

यो सम्मान पाएकोमा डा. लामाले डा. श्रीनिवास एलुरी प्रति हार्दिक आभार व्यक्त गरेका छन् । यो कार्यक्रम जर्ज वाशिंगटन युनिभर्सिटी अफ पिस यूएसए र आईसीसीडीआरका महासचिवले ऐतिहासिक तरिकाले सुन्दर ढंगले व्यवस्था गरिएको कुरा सम्मानित डा. लामाले बताए । 

डा. लामा योभन्दा अगाडि पनि धेरैवटा सम्मानबाट सम्मानित भइसकेका छन् । उनीले नेपालमा धेरै विद्यालयमा शैक्षिक सामग्री एवं विद्यार्थीहरुलाई छात्रवृत्ति दिनेदेखि लिएर दु:ख पाएका आम नगरिकलाई कुनै न कुनै माध्यमबाट सहयोग पुर्‍याउने गरेका थिए ।

 

धेरै पढिएको