News Desk
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययन गर्न भारतका तीनजना विद्यार्थी नेपाल आइपुगेका छन।
यस प्रतिष्ठानले यसै वर्षदेखि चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबीबीएस) पढ्नका लागि ५० विद्यार्थीको कोटा पाएको थियो। जसमध्ये छिमेकी राष्ट्र भारतका तीनजना विद्यार्थीलाई जुम्लाले स्वागत गरेको हो।
अध्ययनका लागि भारतबाट आएकामध्ये २ छात्रा र १ छात्र छन। सक्षी गुप्ता, कार्तिके मिश्र र कस्तुरी सिंहले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्न लागेका हुन।
दुवै छात्रा जम्मु काश्मिरकी हुन भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका।यो सँगै प्रतिष्ठानले एमबीबीएसको अध्यापन थालेको पनि तीन वर्ष हुँदै छ र चौथो ब्याच पढ्न सुरु गर्दै छ।
पहिलो वर्ष २० जनाको कोटा पाएको प्रतिष्ठानले त्यसपछिका २ वर्षमा ३०–३० जना भर्ना लियो। यस वर्षबाट चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल अझै थपिएको छ।