जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिस्ठान नेपाल द्वारा २५ लाखको अक्षय कोष स्थापना
News Desk
Feb-29 , 2024 तारिख 02:03 बेलुका

फागुन १४ गते दिल बहादुर रम्तेलको २९औँ स्मृति कार्यक्रम मा शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा.  बुद्धि नेपालीले अक्षयकोष सार्बजनिक गर्नु भएको छ। बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट (सुरेन्द्र )र प्रतिष्ठान का अध्यक्ष डा. बुद्धि नेपाली बिच दोहोरो हस्ताक्षर सहित सम्झौता गरिएको छ। उक्त रकमबाट आउने बार्षिक ब्याजबाट बारपाक सुलिकोट गाउँपालिका भित्र सामुदायिक विद्यालयमा कक्षा ११ मा पढ्ने २० जना विद्यार्थिहरुले आफ्नो शैक्षिक स्तर वृद्धिको लागि छात्रवृद्धि को रुपमा पाउनेछन ।

आर्थिक बर्ष ०८१/०८२ को सुरुको बर्ष साउन बाट नै कार्यक्रम लागू हुनेछ । शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यलय बारपाक सुलिकोट वडा नः८ जराङ्ग मा रहनेछ।

धेरै पढिएको