दोस्रो एएमएस ईन्टरनेशनल अनर अवार्ड जापानमा
News Desk
Feb-29 , 2024 तारिख 07:13 बेलुका

काठमाडौं । एएमएस म्युजिक ईन्टरटेण्मेण्टले एएमएस इन्टरनेशल अवार्ड’ को तयारीलाई तिब्रता दिएको छ । एअस के मिडिया सोलुसन समेत आयोजक रहेको यस अवार्ड शोमा गैर आवासिय नेपाली संघ सहयोगी साझेदार रखेको छ भने नेपाल तामाङ समाज जापान र नेप्लिज विजनेश एशोसियशन सह आयोजक रहेका छन । नेपाली नया वर्षको अवसर पारेर आगामी आप्रिल १३ तारिखमा जापानको टोकियोमा आयोजनामा आउन लागेको यस अवार्ड शोमा नेपालबाट ३ दर्जन सेलिब्रेटीहरु सहभागी हुन लागेको आयोजक कम्पनी एएमएस ईन्टरटेण्मेण्टकी प्रमुख संचालक सत्यकला लामाले जानकारी दिईन । 

दिग्गज नेपाली कलाकारसहित प्रतिष्ठित एवम स्थापित अग्रजहरुलाई जापानमा लगेर कार्यक्रम गर्ने गरि भव्य तयारी भएको लामाले बताईन । कार्यक्रममा प्रसिद्धी कमाएका प्रशासक, राजनीतिज्ञ, चिकित्सक, इन्जिनियर, पाइलट पत्रकार, कलाकार, खेलाडी, आदीको उपस्थिती रहने उनले जनाईन ।  

एएमएसकी संचालक लामाले समृद्ध नेपाल निर्माणमा योगदान दिने उदेश्यका साथ कार्यक्रम आयोजनामा आउन लगेको जानकारी दिदै भनिन ‘नेपालको पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा योगदान दिने उदेश्यका साथ जापानमा अवार्डसहित सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ।

यस कार्यक्रमलाई सफल पार्न गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष रविन शेरचन, नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङ्, नेप्लिज विजनेश एशोसियशनका अध्यक्ष विजेश थकाली र उपाध्यक्षडडिवल खडकाले पुर्याउनु भएको योगदान उल्लेख्य रहेको लामाले बताईन।

धेरै पढिएको