प्रतापपुर स्वास्थ्य चौकीको शिलान्यास
News Desk
Mar-01 , 2024 तारिख 11:30 बेलुका

-सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.९ स्थित बेलाटारीमा सुविधासम्पन्न प्रतापपुर स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । 

शुक्रवार प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शिलान्यास गरेका हुन।

 स्थानिय मानिसहरुलाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्न लागेको

साथै निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न अध्यक्ष यादवले बताए।

वडा नं.९ गंगापुर बस्ने राजेश कुमार चौधरीले निःशुल्क दान स्वरुप दिएको ४ कट्ठा ६ धुर जग्गामा भवन निर्माण गर्न थालिएको हो ।

 २०८१ पुष २५ गते भित्र भवन निर्माण सक्ने गरी एक करोड ४६ लाख ५७ हजारको लागतमा कृ्ष्णा कन्ट्रक्सन बुटवल रुपन्देही निर्माण सेवाले २०८० मंसिर २५ गते ठेक्का सम्झौता गरेको थियो । 

निर्माण कम्पनीले भवनको फाउण्डेशनको काम अगाडी बढाएको छ ।

धेरै पढिएको