फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडे
News Desk
Mar-06 , 2024 तारिख 03:47 बिहान

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।

विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

इन्स्टाग्राम डाउन भएको छ। नेपाली समयअनुसार आज बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो।

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन ।

प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ। केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन । अहिलेसम्म फेसबुक चल्न सकेको छैन ।

धेरै पढिएको