News Desk
काठमाडौं नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो
नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहा, एमालेका अध्यक्ष केपी ओलीसहित गठबन्धनमा सहभागी हुन प्रस्तावसहित नेपाको निवास कोटेश्वर पुगेका थिए। यसक्रममा अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएका थिए।
यसअघि सोमबार पनि प्रधानमन्त्री दाहाल नेपालको निवास पुगेका थिए। मंगलबार फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए।