मण्डला इन्टरटेनमेन्टको आयोजनामा Nepal’s DASM Superstar को दोस्रो चरणको अडिसन सम्पन्न
News Desk
Mar-12 , 2024 तारिख 01:50 बेलुका

काठमाण्डौ,२६ फागुन । हिजो शनिबार काठमाडौं जोरपाटी स्थित बाहुन्धारामा रहेको सिज्ज़लर क्याफेमा Nepal’s DASM Superstar को दोस्रो चरणको अडिसन निकै भव्य र सभ्य रूपले सम्पन्न भएको छ।

६० जनाको सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपले सम्पन्न भएको हो । उक्त रियालिटी शो’लाई मण्डला इन्टरटेनमेन्टले आयोजना गरेको हो,नियमित रूपमा हरेक वर्ष आयोजना भइराख्ने सानातिना कार्यक्रमहरु भन्दा अलिक फरक शैलीमा मण्डला इन्टरटेनमेन्ट द्वारा Nepal’s DASM Superstar ल्याइएको हो भन्छन मण्डला इन्टरटेनमेन्टका सी.ई.ओ.गायक सोसोलोजी, प्रोग्राम अर्गनाईजर र्याप गायक भरत समारी ।

दोश्रो चरणको अडिसनमा ,जोरपाटीका विभिन्न स्कूलहरुका गायन, नृत्य, अभिनय, मोडलिङ,मा रुचि हुने पहिलो अडिसनमा सहभागिता जनाउन नपाएका छुटेका ६० जना बिद्यार्थीहरुले दोश्रो चरणको अडिसनमा सहभागिता जनाएको थिए ।

यस अडिसनका निर्णायक बहुप्रतिभाकि धनि वकिल लिजा राई, MKM Fashion House कि अध्यक्ष दिलमाया मगर,चर्चित गायक मानसराज, मण्डला इन्टरटेनमेन्टका चार्टर एकाउन्टेन्ट,आयुष ठाकुर, संगीतकार एरेन्जर नरेन्द्र वियोगी, इन्टरटेनमेन्टका अध्यक्ष र्याप गायक,सोसोलोजी, प्रोग्राम अर्गनाइजर, भरत समारी,

विगत लामो समय देखि कार्यक्रम गर्दै आएको मण्डला इन्टरटेनमेन्टले निरन्तर धेरै चर्चित कार्यक्रमहरु गर्दै आईरहेको छ। जस्तै,जूनियर सुपर मोडल, मण्डला राष्ट्रिय सम्मान,
राष्ट्रिय मण्डला साहित्य रत्न सम्मान, सुपर किड्स एण्ड टिन इन्टरनेशनल नेपाल, लगायत थुप्रै कार्य्रकम गर्दै आएको मण्डला इन्टरटेन्मन्टले, अहिले भने Nepal’s DASM Superstar सँग सँगै मण्डला नेशनल ग्राम्मी अवार्ड र र्यापरहरुको लागि (र्याप व्यटाल) पनि गर्दै आईरहेको छ ।

यस कार्यक्रमलाई सफल पार्नका निम्ति कार्यक्रम अर्गनाइजर भरत सामरी लगायत सम्पूर्ण मण्डला टीम र मण्डला परिवार निशा तामाङ, सुजन सापकोटा,सुस्मिता तिमल्सिना प्रभात बस्नेत, प्रशान्त नेपाल,अनमोल बोगटी, दिक्षा सापकोटा, सन्तोष राना, अभय महर्जन सम्पूर्ण लाई कार्यक्रमको सफलता अग्रिम शुभकामना ।

धेरै पढिएको