News Desk
आयाे दशैं
दसैं ,तिहार चाडै आयाे
खुसियाली सबकाे घरघरमा
राेटेपिङ ,देउसी ,भैलाे
साह्रै राम्रो हाम्रो गाउँघरमा ।
सयपत्री ढकमक्क
राताे टीका जमरा शिरमा
आशिष लिई मनाउनु है
महान पर्व आफ्नाे गाउँघरमा ।
तिहारैमा झिलिमिली
देउसी ,भैलाे आँगनैमा
लक्ष्मीले वासै गरून्
हजुरहरुकाे घर दैलाेमा ।
मखमली मालासङ्गै
सप्तरङ्गी टीका लाएर
दिदिबहिनी ,दाजुभाइ
एकअर्कामा माया साटेर ।
फर्कि आए घरमा परदेशी
पसिनाकाे कमाइ बाेकी
नबिर्साैँ है भाषा ,भेष
हाम्रो आफ्नै कला संस्कृति ।
नाम : दिभ्या बाेहाेरा
स्कुल : सेन्ट जर्ज स्कुल, हाँडीगाउँ, काठमाडौं
कक्षा : ८
राेल नं : १