जीवन र दर्शन
News Desk
Jul-23 , 2021 तारिख 09:39 बिहान

 सामान्य अर्थमा दर्शन र मनोविज्ञानको चिरफार गर्ने जमर्को गरेका छौ ।

दर्शन जीवन र जगतमा आउने समस्याहरुको निराकरण गर्ने उपाय हो ।

दर्शन जीवन जीउने कला हो ।

यो भौतिक संसारका आयम एवं परिदृश्य मात्र न भै जीवन मार्ग निर्देशित गर्ने शैली एंव विधि हो ।

यो त एउटा विशाल सतिसाल हो ।

यो दृश्य अवलोकन गर्ने शैली मात्र होइन ।

यो जीवनको अर्जुन दृष्टिलाई सवलीकरण गर्ने पद्धति हो ।

यो डेमोन्स्ट्रेशन स्ट्राटेजी मात्र होइन लाइफ चेन्जिङ पायाट्रन पनि हो ।

जति तिमी दर्शनको गहिराईमा पुग्छौं त्यति नै गहिराइको मापन गर्ने मनोचिकित्सकरणीय पद्द्ती हो ।

दर्शन र मनोबिज्ञान बिच केही अन्तर सम्बन्धहरु:दर्शनले जीवन जीउने कला सिकाउँदछ ।

मनोबिज्ञानले जीवनमा आउने अनेकै समस्याहरुको निराकरण गर्ने उपायहरुको आयाममा थप सशक्तिकरण दर्शाउँदछ ।

मनोविज्ञानले मनमा रहेका तरङ्गत ध्वनीहरुलाई सम्प्रेषण गर्ने कार्य गर्दछ, भने दर्शनले त्यसलाई अवलम्बन गर्ने शैली सिकाउँदछ ।

लेखक-निश्चल ढुङ्गेल

(अनेरास्ववियु सचिवालय सदस्य)