News Desk
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच एकताको प्रक्रिया अघि बढ्दै गर्दा दुवै दलभित्र आन्तरिक असन्तुष्टि र मतभेद देखिन थालेका छन्।
समाजवादीभित्रको एउटा समूह एमालेमा पुनः फर्कने कि नयाँ ढंगले पार्टी पुनर्गठन गर्ने भन्ने विषयमा विभाजित छ। नेता झलनाथ खनाललगायत केही वरिष्ठ नेताहरूले एमालेमा फर्कने सम्भावनाको संकेत गरेका छन्, तर उनीहरूले त्यसका लागि एमालेले आफ्नो गलत सोच परित्याग गर्नुपर्ने, नीतिगत सुधार गर्नुपर्ने र विचार मिल्नुपर्ने सर्त अघि सारेका छन्।
तर, एमालेका नेताहरू यी सर्तहरू स्वीकार गर्न इच्छुक देखिँदैनन्। पार्टीका महासचिव शंकर पोखरेलले नीति र नेतृत्वप्रति असहमति जनाउनेहरूले पुनः एमालेमा फर्कने आशा नराख्न स्पष्ट सन्देश दिएका छन्।