News Desk
काठमाडौंमा बुधबार सम्पन्न एकता राष्ट्रिय सम्मेलनबाट नवगठित नेपाली कम्युनिष्ट पार्टी का संयोजकमा पुष्पकमल दाहाल चयन भएका छन् ।
सम्मेलनले सह–संयोजकको जिम्मेवारी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सुम्पिएको छ । संयोजकमा दाहाल र सह–संयोजकमा नेपाललाई चयन गर्ने प्रस्ताव नेता महेन्द्र राय यादवले प्रस्तुत गर्नुभएको थियो, जसलाई सम्मेलनले सर्वसम्मत रूपमा पारित गरेको हो ।
त्यसैगरी, सम्मेलनले पार्टीको आन्तरिक विधान र घोषणा पत्र पनि अनुमोदन गर्दै संगठनात्मक एकतालाई सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।