घर फर्क’ अभियानअन्तर्गत नेकपा (एमाले) मा फर्किए रामकुमारी झाँक्री,- किसान श्रेष्ठ
News Desk
Nov-11 , 2025 तारिख 06:38 बिहान

‘घर फर्क’ अभियानअन्तर्गत नेकपा (एमाले) मा फर्किएका रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरूप्रति अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दै आफूले कुनै पद वा वरीयताको आश्वासन नदिएको स्पष्ट पारेका छन्।

ओलीका अनुसार, ती नेताहरू आफ्नो व्यक्तिगत हितका लागि नभई एमालेलाई फेरि एक निर्णायक शक्ति बनाउन स्वेच्छाले फर्किएका हुन्। उनले भने, “मैले कसैलाई पद, जिम्मेवारी वा सुविधा दिने वाचा गरेको छैन। उहाँहरूले भनेजस्तै, कुर्सी नभए चकटीमा, नभए भुइँमै बसेर पनि पार्टीको गन्तव्यमा सघाउने भावना लिएर आएका हुन्।”

ओलीले फर्किएका नेताहरूको त्याग र प्रतिबद्धताको सम्मान गरिने उल्लेख गर्दै पार्टीले उनीहरूको योगदानलाई उच्च मूल्यांकन गर्ने बताएका छन्।