उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठको राजीनामा
News Desk
Dec-07 , 2025 तारिख 06:14 बिहान

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पद त्याग गरेकी छन्। हेटौँडा बजार विस्तार तथा सडक चौडाइकरण कार्यमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आवश्यक सहयोग नगरेको आरोप लगाउँदै उनले पार्टी जिम्मेवारीबाट राजीनामा दिएकी हुन्। घिसिङकै नेतृत्वमा गठन भएको उज्यालो पार्टीप्रति उनले गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।

श्रेष्ठका अनुसार हेटौँडामा सडक विस्तारका नाममा निजी घरधनीका संरचना उचित मुआब्जा नदिई भत्काउनु मानव अधिकारविपरीतको कदम हो। सरकारी कार्यशैलीप्रति आक्रोशित बनेकी उनले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै जनताको अधिकार सम्झिन सरकार असफल भएको दाबी गरेकी छन्।

उनको राजीनामाले पार्टीभित्र पनि सडक विस्तारको प्रक्रियाबारे नयाँ बहस सुरु हुने अनुमान गरिएको छ।

धेरै पढिएको