News Desk
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत शुक्रबार लिने भएका छन।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई औपचारिक पत्र पठाएका हुन। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ बमोजिम विश्वासको मत लिने प्रक्रियाका लागि प्रदेशसभासँग पत्राचार गरिएको हो। संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका यादव मङ्सिर १९ गते सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।