News Desk
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना क्रमशः अघि बढिरहेको छ।
अध्यक्ष पदतर्फ हालसम्म ४४३ मत गणना हुँदा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्।
उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङ, विष्णु प्रसाद पौडेल र रामबहादुर थापा (बादल) ले उल्लेख्य मत प्राप्त गरेका छन्। पृथ्वी सुव्वा गुरुङले ३५६ मत, विष्णु प्रसाद पौडेलले ३४९ मत र रामबहादुर थापाले ३०९ मत हासिल गरेका छन्। यस्तै गोकर्णराज विष्ट (२५६), रघुजी पन्त (२५३) र गुरु प्रसाद बराल (२४२) पनि प्रतिस्पर्धामा देखिएका छन्।
महासचिव पदमा शंकर पोख्रेलले २४९ मतसहित अग्रता लिएका छन् भने सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत प्राप्त गरेका छन्।
उपमहासचिव पदतर्फ लेखराज भट्ट (२९३), रघुवीर महासेठ (२६७), योगेश भट्टराई (२६४) र विष्णु प्रसाद रिमाल (२२०) ले उल्लेख्य मत ल्याएका छन्।
सचिव पदमा छविलाल विश्वकर्मा र महेश बस्नेतले समान ३११ मत प्राप्त गरेका छन्। पद्मा कुमारी अर्यालले ३०५ मत, शेरधन राईले ३०० मत, खगराज अधिकारीले २७९ मत र हिक्मत कुमार कार्कीले २७४ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार बाँकी मतको गणना जारी छ र अन्तिम परिणाम आएपछि औपचारिक घोषणा गरिनेछ।