News Desk
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकमा धारणा राख्दै उहाँले आफू लगातार तीन पटक उम्मेदवार भइसकेकाले यस पटक चुनाव नलड्ने निर्णय गरेको बताउनुभयो। शर्माले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने सोचका साथ अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव स्थानीय नेता तथा कार्यकर्तासमक्ष राखिसकेको जानकारी पनि दिनुभयो।