जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण, उपेन्द्र यादव बने अध्यक्ष
News Desk
Jan-12 तारिख 06:20 बिहान

काठमाडौँ  | जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार औपचारिक रूपमा पार्टी एकीकरण भएको छ। एकीकरण सम्झौता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सम्पन्न भएको हो।

सम्झौता अनुसार नयाँ एकीकृत पार्टीको नाम जसपा नेपाल रहने र चुनाव चिन्ह छाता नै कायम हुने तय भएको छ। पार्टीको अध्यक्ष पद उपेन्द्र यादवले सम्हाल्नेछन भने संरक्षकको जिम्मेवारी महन्थ ठाकुरले पाउनेछन।

एकीकरणको अवसरमा दुबै नेताले एक अर्कालाई मिठाइ खुवाउँदै नयाँ राजनीतिक यात्रा शुभारम्भ गरेका थिए। यससँगै देशको मधेस केन्द्रित राजनीति थप सशक्त र एकताबद्ध हुने अपेक्षा गरिएको छ।