संकटको घडीमा सरकार उदासिन — डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ
News Desk
Sep-11 , 2020 तारिख 10:09 बिहान

काठमाडौँ — भाद्र २६, २०७७। 

सेवाभावको कार्य गर्न कुनै भुगोल अनि सहज परिस्थितिको आवश्यकता पर्दैन जहाँ आवश्यकयता हुन्छ त्यहाँ पुग्नुपर्छ भन्ने मान्यतालाइ आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले आफ्नो सेवालाइ निरन्तर रुपमा प्रदान गर्दै आएको छ । उक्त अभियानलाइ दरिलो अभिभावकत्व प्रदान गर्दै आएका सक्रिय लायन्स लिडर हुन् लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का वर्तमान डिस्ट्रिक गभर्नर  लायन टंक बहादुर श्रेष्ठ। 

विश्वव्यापी संकटको रुपमा देखापरेको कोरोना भाईरस र यसले समाजमा पारेको विषम परिश्थितिमा विभिन्न बाधा व्यबधानका वावजुद समेत लायन्स क्लबले गर्ने सेवा भावको कार्यमा कुनै कमी न आएको श्रेष्ठ बताउछन । एकाध समयमा भने प्रतिकुल अवस्थाका कारण चाहना भए पनि सबै ठाउमा पुग्न नसकिदा छटपटी बढ्ने भएपनि सामाजिक सेवा गर्नको लागि भौतिक दुरीले नछेक्ने साथै 

कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग अग्रपङ्तीमा खटिएका स्वाथ्यकर्मी,सुरक्षाकर्मी, अन्य अत्यावश्यक क्षेत्रका कर्मचारी एबम सामाजिक अगुवाहरु जो सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा दत्तचित्तले कार्यसम्पादनमा थिए तिनलाई आवश्यक सुरक्षा उपकरण न्प्रदान गर्दै उनीहरु संगै काँधमा काँध मिलाएर आज जहाँ आवश्यक त्यहाँ लायन्स भन्ने मुल मन्त्रमा रहि समाजमा सेवाभावको कार्य गर्न सफल रहँदा सिङ्गो लायन्स परिवार  गौरवान्वित भएको राज्यदैनिक बहसको विशेष कुराकानीमा जनाए। 

अहिलेको संकटको घडीमा सरकार उदासिन रही कोरोना नियन्त्रणको क्षेत्रमा यथेष्ट कार्य गर्न नसकेको भन्दै सरकारको कार्यशैलीले कोरोना नियन्त्रणमा संगै कोरोनाका कारण विचल्लीमा परेका सर्वसाधारणसम्म सरकार पुग्न नसकेको आरोप लगाए।  

सेवाभावका साथ खुलेका सबै क्लब र तीनका सदस्य अहिले रोग नियन्त्रण अभियानमा आ–आफनो ठाउँबाट जुटिरहेको , त्यसमा लायन्स र लियो क्लबका सदस्यहरु सक्रिय रहेको बताउदै अहिले को विषम परिस्थितिमा लायन्समा कुशल नेतृत्व बहन गर्दै आएका उनले दिन रात नभनी लायन्स लिडरहरुलाइ आवश्यक सल्लाह सुझाब सहित सहयोग गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध समेत गरेका छन ।

धेरै पढिएको

Related Post