नाईजेरियामा शिक्षकसहित २८७ भन्दा बढी विद्यार्थीह​रि अप​ह​र​ण​मा
News Desk
Nov-22 , 2025 तारिख 08:19 बेलुका

अफ्रीकी राष्ट्र नाइजेरियामा फेरि एकपटक ठूलो संख्यामा विद्यार्थी अपहरणमा परेका छन्। स्थानीय अधिकारीका अनुसार एक आपराधिक समूहले उत्तर–पश्चिम क्षेत्रमा रहेको क्याथोलिक विद्यालयमै पसेर शिक्षकसहित २८७ भन्दा बढी विद्यार्थीलाई बन्धक बनाएको हो।

शुक्रबार बिहान भएको उक्त घटनापछि त्यहाँका ४७ विद्यालय तत्कालका लागि बन्द गरिएका छन्। क्यानका नाइजर राज्यका अध्यक्ष रेवरेन्ड बुलुस दाउवा योहान्नाले घटनाबारे जानकारी दिँदै विद्यार्थीहरूसँगै १२ जना शिक्षक पनि आतंककारीहरूको कब्जामा परेको पुष्टि गरेका छन्।

नाइजेरियाको कमजोर सुरक्षा व्यवस्थाप्रति अन्तर्राष्ट्रिय रूपमा पनि चासो बढ्दै गएको छ। ख्रीष्टियन समुदायमाथि बढ्दो हमलाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कडा कदम’ नचाले तत्काल सैन्य कारबाही गर्नुपर्ने चेतावनी दिएको केही दिनमै यो अर्को ठूलो घटना सार्वजनिक भएको हो।

गत सोमबार मात्र केब्बी राज्यको एक बोर्डिङ विद्यालयबाट २५ छात्रा अपहरण गरिएका थिए भने क्वारा राज्यस्थित एक चर्चमा आक्रमण भएको घटनाले पनि निकै त्रास फैलिएको छ।

यसबीच, नाइजेरियन प्रहरी तथा सुरक्षाकर्मीहरूले अपहरणमा परेका विद्यार्थी तथा शिक्षकहरूको उद्धारका लागि खोज तथा नियन्त्रण अभियान तीव्र पारेको बताइएको छ।

धेरै पढिएको