युद्ध रोक्न अमेरिकाले गरेको प्रयासप्रति युक्रेनले कृतज्ञता नदेखाएको ट्र​म्प​को आरोप
News Desk
Nov-24 , 2025 तारिख 06:48 बिहान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अमेरिकाले गरेको प्रयासप्रति युक्रेनले कृतज्ञता नदेखाएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा लेख्दै युक्रेनी नेतृत्वले आफ्नो देशको सहयोगका लागि एकपटक पनि धन्यवाद नदिएको गुनासो प्रकट गरे। साथै, युरोप अझै पनि रुसबाट तेल खरिद गरिरहेकाले द्वन्द्व समाधानमा दोहोरो चरित्र देखिएको उनको टिप्पणी छ।

ट्रम्पले आफूले पाएको राजनीतिक ‘विरासत’मा यस युद्ध परेको उल्लेख गर्दै, “यो युद्ध कहिल्यै हुनुपर्ने थिएन, यसले सबैलाई क्षति पुगेको छ, विशेषगरी निर्दोष नागरिकहरूको ज्यान गइरहेको छ,” भनेर लेखेका छन्।

उनले यस्तो टिप्पणी अमेरिका, युक्रेन र युरोपेली मित्रराष्ट्रका प्रतिनिधिहरू जेनेभामा रुस–युक्रेन युद्धसम्बन्धी वार्तामा बसेको दिन सार्वजनिक गरेका हुन्।