रुसको भीषण आक्रमणपछि युक्रेनको राजधानी किभ अँध्यारोमा
News Desk
Nov-30 , 2025 तारिख 06:31 बिहान

रुसले शुक्रबार राति युक्रेनमाथि गराएको ठूलो आक्रमणपछि राजधानी किएभसहित वरपरका क्षेत्रमा ६ लाखभन्दा धेरै मानिस विद्युतविहीन बनेका छन।

बीबीसीका अनुसार, युक्रेनको ऊर्जा मन्त्रालयले राजधानी किएभमै ५ लाखभन्दा बढी उपभोक्ता प्रभावित भएको र बाँकी नजिकका क्षेत्रमा परेका जनाएका छन। रातभरि भएको क्षेप्यास्त्र तथा ड्रोन हमलाले सहरका महत्वपूर्ण ऊर्जा पूर्वाधार गम्भीर रूपमा क्षतिग्रस्त भएका कारण विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जानकारी दिएको छ।

अधिकारीहरूको अनुसार, झण्डै ३६ वटा क्षेप्यास्त्र र करिब ६०० ड्रोन विभिन्न स्थानमा प्रहार गरिएको थियो। यस भीषण हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने धेरै नागरिक घाइते भएका छन।

अमेरिकाले शान्ति सम्झौताका लागि निरन्तर पहल गरिरहेको भए पनि रुसले आक्रमणको तीव्रता झनै बढाएको देखिन्छ।

धेरै पढिएको