News Desk
श्रीलंकामा चक्रवात ‘दित्वाह’का कारण भएको अविरल वर्षा र त्यसपछि आएका बाढी पहिरोले १५३ जनाको ज्यान गएको छ भने १९१ जना अझै बेपत्ता रहेका छन।
बीबीसी सिंहला सेवाका अनुसार, देशभरको संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै श्रीलंकाको राष्ट्रपति कार्यालयका मिडिया डिभिजनका महानिर्देशक प्रसन्ना परेराले सम्पूर्ण टापुभरि आपतकालीन अवस्था घोषणा गरिएको जानकारी दिएका छन।
यसैबीच, भारतले पनि श्रीलंकालाई सहयोग पुर्याउन कदम चालेको छ। एनडीआरएफका डीआईजी मोहसेन सहेदीका अनुसार, भारतले राहत तथा उद्धारका लागि दुई एनडीआरएफ टोली श्रीलंका पठाएको छ।
पीटीआईसँग कुरा गर्दै उनले भने, “श्रीलंका हाम्रो नजिकको समुद्री छिमेकी हो र अहिले बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित छ, त्यसैले तत्काल सहयोग आवश्यक छ।”
उनका अनुसार, प्रधानमन्त्री कार्यालयको निर्देशनमा ८० जनाको उद्धार टोली पठाइएको छ। साथै, कोलम्बोमा हवाईमार्गबाट २७ टन राहत सामग्री पु¥याइएका छन्, र आवश्यकता अनुसार समुद्री मार्गबाट पनि थप सामग्री पठाउने तयारी भइरहेको छ।