हेटौडा -१३,माघ बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दिपक थापाले तस्करी नियन्त्रण र प्रदेशको शान्ति सुरक्षा कायम गर्ने आफ्नो प्रमुख प्रथामिकता रहने बताएका छन। आज बिहिबार भएको आफ्नो पदभार ग्रहण गर्दै उनले उक्त कुरा बताएका हुन् । यसका साथै बस्तुनिस्ट अपराध अनुसन्धान गर्ने ,थातिरहेका मुद्दाको अनुसन्धान गर्ने ,फरार अपराधी पक्राउ गर्नुका साथै कर्मचारीको मनोबल उच्च बनाउने क्रियाकलाप गर्ने बताएका छन्।
नेपाल सरकार उपप्रधान तथा गृहमन्त्रीस्तरीय यहि गत पौष २९ गतेको निर्णयबाट उनी प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट बागमती प्रदेश कार्यालय हेटौडा आएका हुन्। प्रहरी नायब महानिरिक्षक थापालाई प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले हालको बागमती प्रदेश प्रहरीको अवस्था र समग्र कार्यसंचालन को बारेमा प्रस्तुती दिएका थिए।यस अघि प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा उत्कृस्ट हुन सफल प्रहरी नायब महानिरिक्षक किरण बज्राचार्यको हेटौडाबाट केन्द्रिय कार्यालय प्रशासन बिभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल सरुवा भएको छ।