संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
News Desk
Oct-12 तारिख 05:11 बेलुका

भरतपुर-चितवन उद्योग संघको ३५ औं वार्षिक साधारणसभामा विभिन्न संस्था र व्यक्ति गरी आधा दर्जनलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले संयुक्त रुपमा ती व्यक्ति र संस्थालाई एकसाथ सम्मान र पुरस्कृत गर्नुभएको थियो । सो अवसरमा चितवन उद्योग संघको पालिका समितिहरु मध्येबाट आ.व.०८२÷०८३ मा सर्वोत्कृष्ट हुन सफल चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतम सहितको कार्यसमितिलाई अवार्ड सहित सम्मानित गरिएको थियो । भने, सोही अवसरमा उद्योग संघमा उत्कृष्ट कार्य गर्दै आएका सञ्चार अधिकृत राजु भट्टलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा अवार्ड सहित सम्मान र पुरस्कृत गरिएको थियो । 
यसैगरी संघले निर्माण गरेको औद्योगिक प्रदर्शनीको प्रबद्र्धन गर्दै आएका चितवन अटोमोवाइल्ल डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष एवम् चितवन अटो शो २०२५ र २६ का संयोजक राजन पिया, हालका उपाध्यक्ष यज्ञ पौडेल सहितको कार्यसमिति, चितवन अटोमोवाइल्ल एशोसिएसन र डेरी एक्स्पो आयोजना गरेक

धेरै पढिएको