'प्रहरीले सिफारिश मुक्त भएर काम  गर्छ' :पर्सा प्रहरी प्रमुख मिश्र
News Desk
Jan-30 , 2025 तारिख 07:44 बेलुका

दिपु वर्णवाल
वीरगंज - पर्सा प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीले सिफारिश मुक्त भएर काम  गर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख मिश्रले यस्तो बताएका हुन ।

चार दिन अगाडि मात्र पर्सा जिल्लाको कमान्ड सम्हालेका प्रहरी प्रमुख मिश्रले बिहीबार  सिफारिशहरु आउछन प्रहरी त्यसको प्रभावमा नपर्ने बताएका हुन । 

उनले प्रहरीले कानूनले गरे भनेको काम गर्ने र नगर भनेको काम नगर्ने भन्दै राजनीतिक दवावका आधारमा प्रहरी नचल्ने प्रष्ट पारेका हुन । उनले प्रहरीले आफ्नो ब्यवसायीक आचरण बिपरित कुनै काम नगर्ने भन्दै प्रहरी भित्र राम्रो गर्नेलाई पुरस्कार गल्ती गर्ने दण्डीत गर्ने सम्मको योजना सुनाए ।

उनले राजनीति दवाव सिफारिशमा कुनै पनि मुद्धाको अनुसन्धान प्रभावित नहुने बताउदै उनले प्रष्ट पारे 'प्रहरी  प्रहरीको नीति नियम भन्दा बाहिर गएर काम कुनै काम हुने छैन' । 

प्रहरी प्रमुख मिश्रले आफू पहिला पनि यो जिल्लामा काम गरिसकेको हुनाले जिल्लाको अपराधको प्रवृतिबारे जानकारी रहेको बताए । उनले अहिलेको अवस्थामा अपराधमा  आएको परिर्वतनलाई पनि सामना गर्ने गरि काम गरिने बताए । 

संचारकर्मीले महत्पूर्ण र सम्झन लायक  के काम गर्नुहुन्छ भनेर राखेको जिज्ञासाको जवाफदिदै प्रहरी प्रमुख मिश्रले प्रहरीले १ हजार २५ वटा अपराध नियन्त्रणको गर्नु पर्ने बिश्लेषण सुनाउदै ति सबै काम प्रहरीकालागि महत्वपूर्ण रहेकोले त्यही अपराध नियन्त्रणकालागि सबै बैद्य रणनीति अवलम्बन गरिने बताए ।

अनधिकृत कारोवारको बिषयमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रहरी प्रमुख मिश्रले आफ्नो कार्यकालभरि जिल्लामा अनधिकृत कारोवार नहुने र गर्न नदिने ठोकुवा गरे ।

उनले जिल्लामा देखिएका बालविवाह, घरेलु हिंसासहितका सामाजिक विकृतिविरुद्ध प्रहरीले जनचेतना जगाउने अभियान नै चलाउने आफ्नो तयारी रहेको सुनाए ।

धेरै पढिएको