News Desk
काठमाडौँ | ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट ७ बंगलादेशी पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भिसा अवधि समाप्त भएपश्चात् गैह्रकानूनी रुपमा बसिरहेका बंगलादेशी २६ वर्षीय एमडी अतिकुल, ४० वर्षीय एमडी अलाम मोल्ला, ३७ वर्षीय एमडी जहानजीर अलाम, ३६ वर्षीय एमडी एमिनुल, ३९ वर्षीय एमडी एमदादुल, २८ वर्षीय एमडी नसिरुदिन र ४६ वर्षीय एमडी मोसर्फ होसेन होलादर रहेका छन्।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कारवाहीका लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ।