खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका ४ निवासी २७ वर्षीया रस्मिता परियार मृत फेला परेकी छिन्। सोमबार राति घर नजिकैको बाटोमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले पुष्टि गरेका छन्।
प्रारम्भिक अनुसन्धानका आधारमा आपराधिक समूहले बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ। थप तथ्य संकलनका लागि अतिरिक्त प्रहरी टोली खटाइएको र घटनास्थलको मुचुल्का संकलनपछि शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि गाउँमा त्रासको वातावरण बनेको छ। स्थानीयवासीले दोषीलाई तत्काल पक्रेर कडा सजाय दिन सरकारलाई दबाब दिए l
रस्मिताको परिवारले घटनामा संलग्नलाई कठोर दण्ड दिलाउन जोडदार आग्रह गरेको छ। प्रहरीले भने अभियुक्तको खोजी तीव्र पारिएको जनाएको छ।