News Desk
काठमाडौं- २०७८ माघ ४ गते मंगलबार नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो बार्षिक साधाणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष राजनप्रसाद दाहालको सभापतित्वमा आयोजित कार्यक्रम उद्योग वाणिज्य महासंघका कार्य कारीणि सदस्य तथा स्वास्थ्य एवम् शिक्षा समिति साभापति हेमराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि ढकालले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने संघका सभापति एवं बागमती प्रदेश अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अगाडि नै छलफल गरि भेलाबाट काठमाडौं जिल्ला र बागमती प्रदेशको कार्य समिति अन्तर्गत सर्वसम्मत चयन भएकाहरुको नाम वाचन गरेका थिए । नव निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथिहरुले टिका, माला र प्रमाणपत्र प्रदान गरेका थिए ।
महासंघका स्वास्थ्य समिति साभापति ढकालले डेरी व्यवसायीको छाता संगठनले गरेको हरेक पाइलामा साथ दिने र बुस्टर डोज खोप उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै नव निर्वाचित काठमाडौ जिल्ला समिति एवं बागमती प्रदेश समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे । बिशेष अतिथि एसोसिएसनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले एसोसिएसनले के दियो भन्दा पनि एसोसिएसनलाई हामीले के दियौं भनेर सोच्नुपर्छ भन्दै डेरी व्यबसायी भनेको अग्रपंक्तिमा बसेर काम गर्नुपर्ने भएकोले कोरोनाको खोप उपलब्ध गराउन सरोकारवाला निकायसँग माग राखे ।
एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाले हालसम्म बागमती प्रदेशले उल्लेख्य रुपमा काम गरि अगाडि बढाएको र नयाँ कार्यसमितिले पनि अझ राम्रो गरि अघि बढ्नुपर्ने उल्लेख गरे । एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले डेरी व्यबसायिहरुको हकहितमा सबै मिलेर लाग्नुपर्ने र एसोसिएसन भनेको सबैको साझा घर रहेको धारणा राख्दै सबै मिलि एसोसिएसनलाई सहयोग गरे मात्रै एसोसिएसन अगाडि बढन सहजता मिल्न गई समग्र दुग्ध क्षेत्रको हित हुने बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा केन्द्रिय सचिवालय सदस्य मनोज कुमार घिमिरेले सबै मिलेर मात्र संगठन बलियो बनाउन सकिने कुरा राख्दै प्रदेश समितिले आफ्नो जिम्मेवारी सफलता पुर्वक निभाएकोमा धन्यवाद व्यक्त गरे ।
संघका निवर्तमान उपाध्यक्ष सन्तोष दाहालले पेशागत हकहितका लागि एसोसिएसनको महत्व अति नै भएको बताए । काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईंले जस्तोसुकै अवस्थामा पनि आफूले पाएको जिम्मेवारी इमानदारीका साथ निभाउने उल्लेख गरे । कार्यक्रमको संचालन बागमति प्रदेश सचिव गोपाल प्रसाद तिमिल्सिनाले गरेका थिए । सो अवसरमा संस्थाका प्रदेश सदस्य एवं नवनिर्वाचित सचिव श्याम घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन प्रदेश सदस्य एवं नवनिर्वाचित उपाध्यक्ष ध्रुव तिवारीले गरेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष राजन दाहालले आफ्नो पद हस्तान्तरण गरे भने नवनिर्वाचित अध्यक्ष टिका घिमिरेले आफ्नो प्रतिबद्धता मन्तव्य राखेका थिए ।
बागमति प्रदेश समिति/ काठमाडौ जिल्ला समितीमा को को ?
नवनिर्वाचित बागमति प्रदेश समिति :
अध्यक्ष -टिका प्रसाद घिमिरे
उपाध्यक्ष- गोपाल तिमल्सिना
उपाध्यक्ष- ध्रुव तिवारी
सचिब श्याम कुमार घिमिरे
कोषाध्यक्ष - सुदर्शन घिमिरे
सह सचिब - रबिन्द्र हुमागाईं
सह कोषाध्यक्ष -राजकुमार वाइबा
सदस्य-कुमार ढकाल
सदस्य -भानुभक्त श्रेष्ठ
सदस्य - ज्ञानराज लामा
सदस्य - योगनाथ फुँयाल
नवनिर्मित काठमाडौ जिल्ला समिती :
अध्यक्ष :अजित बजगाईं
उपाध्यक्ष : लिलानाथ दहाल
सचिब : शिब प्रसाद तिमिल्सिना ( बिदुर )
कोषाध्यक्ष : अरुण महर्जन सदस्य : चेतनाथ दाहाल ( केदार )
सदस्य बालकृष्ण न्यौपाने
सदस्य : जयराम घिमिरे