अघिल्ला ५ दिनसम्म लगातार घटेको सुन मंगलबार बढ्यो
News Desk
Feb-01 , 2022 तारिख 11:51 बिहान

काठमाडौँ — १८ माघ २०७८   

काठमाडौँ , अघिल्ला ५ दिनसम्म लगातार घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । हिजोको तुलनामा मंगलबार प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको छ । गत बुधबारदेखि सोमबारसम्म सुनको मूल्य निरन्तर घटेको थियो ।

बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको सुन बिहीबार ९ सय, शुक्रबार/शनिबार ९ सय, आइतबार ४ सय र सोमबार ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १२४० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत बुधबार चाँदीकाे मूल्य ताेलामा १३ सय रुपैयाँ ताेकिएको थियो ।               

( कान्तिपुर दैनिक )