छोटो अवधिमा शाैर्य सिमेन्ट एक लोकप्रिय ब्राण्ड स्थापित हुदै शाैर्य सिमेन्ट
News Desk
Mar-23 , 2022 तारिख 03:52 बेलुका

काठमाण्डौं, ९ चैत्र । आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा (१० महिना)मा मासिक १० लाखको ब्रिक्रि लक्ष्य हासिल गर्न सफल भएको छ । व्यवसायिक उत्पादनको पहिलो महिना(जेष्ठ,२०७८) देखी नै यस कम्पनीको उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भई हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यान्तै सरहनिय रहेको छ ।

यस कम्पनिले हाल बजारमा शाैर्य ओ पि सि -५३ ग्रेड, शाैर्य ओ पि सि- ४३ ग्रेड,पि एस सि ‍सिमेन्ट उपलब्ध गराएको छ र निकट भविष्यमा पि पि सि र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको छ । हरेक पाइलामा चुनाैतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्य तर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुङ्गाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको छ ।