चेम्बर एक्स्पो अषाढ २ देखी ६ गतेसम्म
News Desk
May-26 , 2022 तारिख 05:30 बेलुका

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अषाढ २ देखी ६ गतेसम्म चेम्बर एक्स्पो संचालनमा ल्याउने भएको छ । भ्रिकुटीमण्डपममा आयोजनामा आउन लागेको उक्त मेलामा नेपाल र बङ्लादेशमा उत्पादित विभिन्न सामाग्रीहरु प्रदर्शनीका लागि राखिने छ ।

५ दिने उक्त मेलाको कन्ट्री पार्टनरमा बङ्लादेश रहेको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रबर्धन केन्द्र सहयोगी साझेदार रहेको उक्त मेलाको सहकार्य साझेदार (एशोसियट पार्टनर) को रुपमा बङ्लादेश सरकारको वाणिज्य मन्त्रालय, निर्यात प्रबर्धन विभाग रहेको हो ।

मेलाको गोल्ड स्पोन्सरमा हिप्को सुपर बुईल्ड, एक्सक्लुसिभ पार्टनरमा पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स, लर्निङ् पार्टनरमा ब्रोड वे इन्फोसिस रहेका छन् । मेलामा लत्ता कपडा, खाद्यान्न, हस्तकला, इलेक्ट्रोनिक्स आदी सामाग्री बिक्रीका लागि राखिनेछ ।