आयात २० प्रतिशतले घटाउन कृषि उत्पादन र उत्पादकत्व बढाईनेछ : अर्थमन्त्री शर्मा
News Desk
May-29 , 2022 तारिख 04:47 बेलुका

 काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/ ८० को बजेट प्रस्तुत गर्ने क्रममा आयात २० प्रतिशतले घटाउन कृषि उत्पादन र उत्पादकत्व बढाईने बताएका छन् । सो का लागि सरकारले ३०० कृषि स्वयम्सेवक तयार पार्ने । बाझो एवम उपयोगविहिन जग्गा किसानलाई उपलब्ध गराईने । कृषिमा वित्तिय पहुच बढाउने । किसान हित कोष स्थापना गरिने । किसानलाई सहुलियत र छुटको व्यवस्था गर्ने । लगानी बोर्ड मार्फत रसायनिक मल कारखाना स्थापना गरिने, प्रांगारिक मल उत्पादनका लागि पनि बजेट विनियोजन गरिएको उल्लेख गरे ।

अर्थमन्त्री शर्माले बिउ बिजनका लागि एक अर्ब विनियोजन गरेका छन् । उनले किसान पेन्सन कार्यक्रम लागु गरिने, बिउ बिजनका लागि एक अर्ब विनियोजन, प्रत्येक वडामा कृषि प्राविधिक उपलब्ध गराइने पनि उल्लेख गरे । नेपाली किसानलाई प्रोत्साहित गर्ने तथा जडीबुटी उद्योगको लागि बिमाको व्यवस्था गरिने पनि उनले बताए ।