वैदेशिक लगानीको सीमा ५ करोडबाट झारेर २ करोडमा सिमित : अर्थमन्त्री शर्मा
News Desk
May-29 , 2022 तारिख 04:56 बेलुका

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/ ८० को बजेट प्रस्तुत गर्ने क्रममा सरकारले वैदेशिक लगानीको सीमा घटाएको बताएका छन् । हाल न्यूनतम ५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याउन पाइने सिमालाई घटाई २ करोड रुपैयाँमा झारिएको उनले जनाए ।

त्यस्तै बजेटमार्फत् सरकारले १० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित प्रक्रियाबाट स्वीकृत गर्ने र उद्योगहरूलाई ५० वर्षसम्म जग्गा लिजमा दिन सक्ने व्यवस्था ल्याईको उल्लेख गरे ।