दुर्गम क्षेत्रमा खाद्य सुरक्षाका लागि भण्डार निर्माण र आयोडिनयुक्त नुनको ढुवानी अनुदानमा निरन्तरता
News Desk
May-29 , 2022 तारिख 05:18 बेलुका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/ ८० को बजेट प्रस्तुत गर्ने क्रममा दुर्गम क्षेत्रमा खाद्य सुरक्षाका लागि भण्डार निर्माण र आयोडिनयुक्त नुन ढुवानीमा अनुदानमा निरन्तरता दिईएको उल्लेख गरेका छन् । उनले आपुर्ती मन्त्रालयलाई १० अर्ब ४८ करोड विनियोजन गरेको पनि उल्लेख गरे ।

अर्थमन्त्री शर्माले भारतको सिलगूडी देखी झापाको चारआलीसम्म पाइप लाइन निर्माण र अमलेखगन्ज देखी लोथरसम्म पाइप लाइन बिस्तार कार्य प्रारम्भ गरिने बताए । एल पि ग्यास वितरणलाई पुनरावलोकन गर्ने उनले जनाए । खाद्य व्यवस्था कम्पनीको पुनर्सरचना गरिने पनि उनले बताए । उपभोक्त हित प्रबर्धन गर्न बजारअनुगमन प्रणाली थप कृयाशिल बनाईने उनले उदघोष गरे ।f