नेपाल चेम्बर एक्स्पो २०२२ आजबाट शुरु, प्रधानमन्त्री देउवाबाट समुद्घाटन (फोटो फिचर सहित)
News Desk
Jun-16 तारिख 04:15 बेलुका

 

काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२२ आजबाट संचालनमा आएको छ । भृकुटीमण्डपममा नेपाल चेम्बर अफ कमर्सले संचालनमा ल्याएकोे उक्त मेलाको समुद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो । ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन योगदान पुग्ने बताउुभयो । एक्स्पोहरूमा स्वदेशी उत्पादनलाई प्रवर्दन गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन यस्ता एक्स्पोहरू निरन्तर भइरहनु आवश्यक हुन्छ, यसले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्न सहयोग पु¥याएको छ,एक्स्पोहरूमा स्वदेशी उत्पादन र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक सीपबाट बनेका वस्तुहरूलाई समावेश गरी तिनको प्रचार प्रसार, बजार प्रवर्दन र निकासी प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले ७० वर्षको लामो ईतिहास बोकेको चेम्बर अफ कमर्सले नेपालको आर्थिक विकासमा उल्लेखनिय योगदान पुर्याउदै आएको स्मरण गर्नुहुँदै आर्थिक विकासमा थप योगदान पु¥याउन किसिमका गतिविधि गर्ने विश्वासका साथ नेपालको पर्यटन प्रवर्द्धनबारे थप प्रचार प्रसार हुने खालका गतिविधिलाई समेत समावेश गर्न सुझाव समेत दिनुभयो ।


सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल देशको अर्थतन्त्र समस्याग्रस्त अवस्थामा पुगेसँगै यसबाट उद्योगी व्यवसायीहरु थप मारमा परेको उल्लेख गर्नुहुँदैे अर्थतन्त्र चलायमान बनाउन टेवा पुग्ने दाबी पेश गर्र्दै भन्नुभयो कोभिड–१९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण रोकिएकोमा संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रवर्द्धन गर्न चेम्बरले पाँचौ अन्तर्राष्ट्रिय एक्स्पो गर्न लागेको हो ।’
पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको उहाँले जानकारी समेत दिनुभयो । चेम्बर एक्सपोमा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोग मिल्ने पनि उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तराष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रहेको पनि मल्लले बताउनुभयो ।


त्यसैगरि नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले मेलाले द्धिदेशीय तथा क्षेत्रिय व्यापार प्रबद्र्धनमा योगदान पुग्ने उल्लेख गर्नुभयो ।


आज अर्थात अषाढ २ देखी ६ गतेसम्म संचालनमा रहने मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिबुटी जन्य बस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामाग्रीहरु, नेपाली हस्तकलाका सामाग्री आदी राखिएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरी १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रबर्धन केन्द्र सहयोगी साझेदार रहेको उक्त मेलाको सहकार्य साझेदार (एशोसियट पार्टनर) को रुपमा बङ्लादेश सरकारको वाणिज्य मन्त्रालय, निर्यात प्रबर्धन विभाग रहेको हो ।
मेलाको गोल्ड स्पोन्सरमा हिप्को सुपर बुईल्ड, एक्सक्लुसिभ पार्टनरमा पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स, लर्निङ् पार्टनरमा ब्रोड वे इन्फोसिस रहेका छन् ।

धेरै पढिएको