News Desk
काठमाण्डौं । बिन्दवासिनी लजिस्टिकका अध्यक्ष माधवप्रसाद बराल कर्पोरेट बिजनेश अवार्डबाट विभूषित हुनु भएको छ । कर्पोरेट मिडियाको आयोजना तथा चेम्बर आन्दोलनका लौह पुरुष, प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह आयोजनामा सम्पन्न कर्पोरेट विजनेश अवार्ड समारोह माझ उहाँ विभूषित हुनु भएको हो । होटल र्याडिसनमा मंगलबार साँझ आयोजित कार्यक्रम माझ अध्यक्ष बराललाई उपराष्ट्र«पति नन्द बहादुर पुनले अवार्ड हस्ताण्तरण गर्नु भएको थियो ।
बिन्दवासिनी लजिस्टिकका अध्यक्ष बराल सहित नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सुबोध कुमार गुप्ता, नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिती सदस्य एवम् नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारी साथै अन्य उद्योगपति, व्यवसायी, बैंकर्स, व्यवस्थापकहरुलाई उपराष्ट्र«पति नन्द बहादुर पुनले विभिन्न विधाका अवार्ड वितरण गर्नुभएको थियो । अवार्ड वितरण पश्चात् विभुषित हुनेहरुको सम्मानमा रात्री भोजको आयोजना समेत गरिएको थियो ।
माधव प्रसाद बरालको संक्षिप्त परिचय
माधव प्रसाद बराल नेपालको पारवहन क्षेत्रका एक दिग्गज व्यक्तित्व हुनुहुन्छ । सर्लाहीमा जन्मनु भएका बराल विगत तीन दशक देखी अनवरत रुपमा फ्रेट तथा लोजिष्टिकको क्षेत्रमा सक्रिय हुनुहुन्छ । लामो समय बिरगंज सुख्खा बन्दरगाहामा सेवारत उहाँ पछिल्लो दशकयता व्यवसायीक रुपमा सकृय हुनुहुन्छ । बराल बिन्दवासिनी लजिस्टिकका अध्यक्ष हुनुका साथै प्रिस्टिन भ्यालीका निर्देशक समेत हुनुहुन्छ । बिन्दवासिनी लजिस्टिक र प्रिस्टिन भ्यालीले नेपालको पारवहन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् । दुवै कंपनीहरुले नेपाल भित्र र बाहिर मालसामान आयात निर्यातमा ढुवानी गर्ने काम गर्दै आएका छन् । प्रिस्टिन भ्यालीले नेपालको माल वाहक रेल सेवा सहितको ठुलो बन्दरगाहा बिरगंज सुख्खा बन्दरगाहा र अन्य केहिको व्यवस्थापन सम्हाल्दै आएको छ ।